प्रकृत्ति विनाको प्रमाण जवलवायु परिवर्तन

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने जो कोही भए पनि नछुट्ने बताएका छन्।

सामुदायिक प्राकृतिक शिक्षालय नवलपरासीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएको हुन्। ‘कोही अदालतमा पुगेका छन्, कोही अनुसन्धानको क्रममै छन्’ अध्यक्ष दाहालले भने, ‘तर, बदमासी गर्ने जो कोही भए पनि छुट्दैनन्।'

राष्टिय राजनीतिको क्रममा केहीले आफ्नो मान्छे भनेर बचाउँन खोज्नेहरू पनि हुन सक्छन्। तर, गल्ती गर्ने कसैलाई पनि छुट हुँदैन’ उनले थपे। हालै चर्चामा आएको ललिता निवासको जग्गा प्रकरण, तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनकाण्ड प्रकरणलाई लक्षि गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 

नेपाल पहिचानको अर्को नमुनाको रूपमा सामुदायिक प्राकृतिक शिक्षालयलाई बताउँनु सकिनेसमेत जनाए। निजी, समुदाय र सरकारीतर्फको पहलबाट नै प्राकृतिक शिक्षालको विकास हुने बताए। 

प्राकृतिक शिक्षालय विकासको लागि सरकारकोतर्फबाट आफूले सक्दो पहल गर्ने बताए। ‘प्राकृतिक शिक्षालयलाई राष्टिय गौरवको आयोजना बनाउँन पनि पहल गर्नुपर्छ’ उनले भने, ‘भवन बनेको र बन्दै रहेछन्। त्यसलाई संघीय सरकारले निरन्तर सहयोग गर्ने सिंगो नेपाल नै प्राकृति चिकित्सालय हुन सक्छ।’

नेपालको आर्थिक समृद्धिको दरिलो आधार पनि यसलाई नै लिन सकिने बताए। नेपालले यस्ता खालको सम्भावनाले पर्यटक तान्न मद्दत पुग्ने बताए। मानव गतिविधिकै कारणले नेपालमा मात्रै नभएर विकशित मुलुकहरूमा समेत जलवायु परिर्वतनको असर देखिने थालेको उल्लेख गरे। जलवायु परिवर्तनको कारणले अग्ला हिमालहरूसमेत पग्लदै गएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.