बाँस्कोटाबारे अख्तिायरलगायतका निकायले छानबिन गर्दै

|

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडि बढ्ने निर्णय गरेको हो।

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमसिसी पारित गर्ने/नगर्ने विषयमा अर्को सचिवालय बैठकले टुंगो लगाउने बताए। शनिबारको सचिवालय बैठकमा प्रतिवेदनलाई भाषिक रूपमा अन्तिम सम्पादन गरेर कार्यान्वयनका सम्बन्धमा अगाडि बढ्ने विषयमा पनि छलफल भएको उनले बताए।

संशोधन गर्नुपर्ने विषयमा आवश्यक परे अमेरिकी सरकारसँग कुराकानी गर्न कार्यदलले सुझाव दिएको छ। अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनको विवरण पेस गरेका थिए।

कार्यदलले झण्डै २० दिन लगाएर तयार पारेको प्रतिवेदन शुक्रबार अध्यक्षद्वयलाई बुझाएको थियो। नेकपा केन्द्रीय समिति बैठकले एमसिसीका विषयमा अध्ययन गर्न खनालको संयोजकत्वमा स्थायी समिति सदस्यहरू भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो।

त्यस्तै, बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेनदेनको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाका विषयमा अख्तियारलगायतका थप निकायले छानबिन गरिरहेको विषयमा पनि जानकारी गराइएको उनले बताए।

बाँस्कोटाको कमिसन प्रकरणको अन्‍य विभिन्‍न निकायले छानबिन गरिरहेकाले पार्टीले तत्काल केही निर्णय नगरेको हो। कमिसनका डिल गरेको अडियो बाहिरिएपछि उनले शुक्रबार पदबाट राजीनामा दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.