|

भक्तपुर : महाशिवरात्री पर्वका लागि भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आएका साधुसन्त र नागाबाबाको शनिबार बिदाइ भएको छ। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले साधुसन्त र नागाबाबालाई भोजन, प्रसाद तथा दक्षिणासहित बिदाइ गरेको हो।

समितिले डोलेश्वरमा आएका साधुसन्तलाई चार तहमा वर्गीकरण गरी दक्षिणा दिएको समितिले जनाएको छ। समितिका कोषाध्यक्ष मोहन बल्लका अनुसार एक थान कम्बल र एक थान धोतीसहित 'क' वर्गका साधुसन्तलाई नगद १ हजार १ सय ५ रूपैयाँ, 'ख' वर्गलाई नगद ७ सय ५ रुपैयाँ, 'ग' वर्गलाई नगद ५ सय ५ रुपैयाँ र वर्गविहीनलाई नगद ३ सय ५ रुपैयाँ दक्षिणा दिई बिदाइ गरिएको हो।

महाशिवरात्रि पर्वका लागि डोलेश्वरमा देशका विभिन्न भाग र भारतबाट गरी करिव ३ सय साधुसन्त र नागाबाबा आएका थिए। तिनीहरूले समितिले निःशुल्क खानेबस्नेका साथै धुनी बाल्न दाउराको व्यवस्था समेत गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.