|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनाका किष्ना भण्डारीले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा शनिबार आगलागी हुँदा दश लाख रुपैयाँ बढीको क्षति भएको छ।

दिउँसो १० बजेको समयमा विद्युत् शर्ट भई फार्ममा अगालागी हुँदा ब्रोइलर कुखुरा र चल्ला जलेर मरेका छन्। फार्मसमेत पूरै जलेर नष्ट भएको छ।

फार्मभित्र बेच्नका लागि तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नोक्सानी भएको फार्म सञ्चालक भण्डारीले बताइन्। कमाई खाने एउटै सहारा भनेको त्यहि फार्म रहेको उल्लेख गर्दै उनले फार्म नै जलेपछि निकै ठूलो घाटा व्यहोर्नु परेको बताइन्।

फार्ममा लागेको आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागी भएपछि नगर प्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले अनुगमन गरी क्षतिपूर्तिका पहल गर्ने अश्वासनसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.