'गोकुल बाँस्कोटालाई चिन्दिनँ, स्वीस कम्पनीको एजेन्ट होइन'

|

काठमाडौँः निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा मुछिएको भनिएको कमिसनकाण्डको अडियो प्रधानमन्त्री केपी ओलीलाई आफूले नदिएको जिकिर  स्विस कम्पनीका एजेण्ट भनिने विजय प्रकाश मिश्रले  गरेका छन्। 

बाँस्कोटाले आफूसँग करोडौं कमिसन मागेको अडियो प्रधानमन्त्री ओलीलाई डेढ महिनाअघि नै दिएको समाचार आइरहेका बेला मिश्रले दैनिकजसो बोली फेर्न थालेका हुन्। सुरुमा उक्त अडियो आफैँले बालुवाटार पुर्‍याउने बताइरहेका उनी अहिले त्यसको ठीक विपरीत अभिव्यक्ति दिइरहेका छन्।

 बताइरहेका मिश्रले बाँस्कोटाबारेमा बोली फेरिरका छन्। प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको 'जनता जान्‍न चाहन्छन्' कार्यक्रममा शनिबार बोल्दै मिश्रले बोली फेरेका हुन्। 

‘मैले सञ्चारमन्त्री बाँस्कोटालाई राम्रोसँग चिन्दिन। तर, १५ महिनापछि सोच विचार गरेर यो अडियो बाहिर ल्याएको हुँ’ उनले भने, ‘भ्रष्टाचार रोक्ने अभियानमा सघाउ पुर्‍याउन अडियो बाहिर ल्याएँ।’

कबिर १५/१६ महिनादेखि बाँस्कोटासँग भेट नभएको उनले जिकिर गरे। ‘मैले सञ्चारमन्त्रीलाई मन्त्रालयमै गएर पटक पटक भेट गरेको गलत हो', उनले भने, 'लामो समयपछि आफैँले भ्रष्टाचार रोक्न यो अडियो बाहिर ल्याएको छु।'

बाँस्कोटाले मन्त्रीपदबाट नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्। तर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको दबाबमा उनले पद छाडेका थिए।

भ्रष्टाचारमा तानिएपछि छानविन हुन आवश्यक भएको मिश्रले बताए। सेक्युरिटी प्रिन्टर खरिदको ९९.९९ प्रतिशत काम सकिएको अवस्थामा ठूलो भ्रष्टाचार रोक्न अडियोले काम गरेको उनले जिकिर गरे। 

तत्कालीन सञ्चारमन्त्री बाँस्कोटासँग कमिसन बार्गेनिङ गरेको अडियो बाहिर ल्याएर साढे ५ अर्ब रुपैयाँ भ्रष्टाचार हुनबाट रोकेको समेत उनले बताए। ‘स्विस कम्पनीको एजेन्ट भएको भनेर मिडियामा बाहिर आएका छन्', उनले भने, 'तर म स्विस कम्पनीको एजेन्ट होइन।’

‘मैले भ्रष्टाचार विरोधी गाडी सिंहदरबार पठाइसकेको हुनाले गाडीमा अरु कोको पर्छन् भन्‍ने कुरा छानविन गर्नुपर्छ’ उनले भने, ‘साढे ५ अर्ब भ्रष्टाचार भएको हुनाले लेखा समितिले यसबारे निर्णय लिनुपर्छ।’ 

यो प्रकरणमा अन्य धेरै नेता तथा कर्मचारीकोसमेत हात भएको जिकिर गरे। ७० करोड मात्रै नभएर अर्ब भन्दा धेरै भ्रष्टाचार भएको उनले बताए। मिश्रसँगको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भइसकेपछि मन्त्री बाँस्कोटाले विवादमा मुछिएकै दिन पदबाट राजीनामा दिइसकेका छन्। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.