अन्य दलहरुसँग मोर्चाबन्दी कोसिस

|

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ। 

गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो। वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए। 

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचार भएका कुरा बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको उनले बताए। 

‘जसले जुन मन्त्रालय हेर्नुभएको छ। त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरु रोक्न र जनता समक्ष लिएर आउन अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ’, उनले भने। मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारबारे प्रधानमन्त्रीसमेत जानकार रहेको विषयमा अलग्गै छानबिन गर्ने पनि निर्णय भएको उनले बताए।

पाण्डले संसदका अन्य दलहरुसँग १३ गते बस्‍ने संसद बैठकबारे छलफल हुने जानकारी दिए। बाँस्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरुलाई सरकार बाहिरका दलहरुले सामूहिक रुपमा अगाडि बढाउन छलफलका लागि सोमबार बैठक डाकिएको उनले बताए।

गत जेठमा गठन भएको कांग्रेसको छाया सरकारको बैठक पहिलो पटक आइतबार बसेको हो। प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समिक्षागत छलफल भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.