नीतिगत भ्रष्टाचारको छानबिन गर्ने निर्णय

|
फाइल फोटो

काठमाडौं : निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरिरहेको अडियो सार्वजनिक भएपछि नेपाली कांग्रेसको छाया सरकार सक्रिय भएको छ। आइतवारै कांग्रेस संसदीय दलको कार्यालय  सिंहदरबारमा छाया मन्त्रसिपरिषदको बैठक बसेको छ।

‘जसले जुन मन्त्रालय हेर्नुभएको छ। त्यहाँ गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरु रोक्न र जनता समक्ष लिएर आउन अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ,’ राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भने।

मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारबारे प्रधानमन्त्रीसमेत जानकार रहेको विषयमा कांग्रेसले अलग्गै छानविन गर्ने निर्णय पनि कांग्रेसले गरेको छ। 

‘सरकारमा रहेका मन्त्रालय हेर्ने गरी कांग्रेसका माननीयज्यूहरुले जिम्मेवारी पाउनु भएको छ। उहाँहरुले आफुले जिम्मेवारी पाएको मन्त्रालयमा भएका भ्रष्टाचार, अनियमितताबारे अध्ययन गर्नुहुनेछ,’ पाण्डेले भने, ‘माननीयहरुले ल्याउनु भएको अनियमितताबारे जनतामाझ लाने, गलत बाटोमा जाँदै गरेको नेकपाको सरकारलाई खबरदारी गर्ने कांग्रेसको नीति हो।’ 

नेपाली कांग्रेसले सरकारविरुद्ध अन्यदलसँग मोर्चाबन्दीसमेत गर्ने भएको छ। ‘संसदमा भएका तर, सरकारमा नभएका दलहरुसँग कांग्रेसले छलफल गरेर सरकारले गरेको भ्रष्टाचारको भण्डाफोर गरिनेछ,’ उनले भने। 

यी हुन् कांग्रेसका छायाँ सरकारका मन्त्री र सदस्यहरु  

१. अर्थ मन्त्रालय
डा मीनेन्द्र रिजाल, संयोजक
सदस्यहरु मीना पाण्डे, विनोद कुमार चौधरी

२. गृह मन्त्रालय
दिलेन्द्रप्रसाद बडू , संयोजक
सदस्यहरु रमेशजंग रायमाझी, महेन्द्रकुमारी लिम्वू

३. उर्जा, जलस्रोत तथा सिंचाई
ज्ञानेन्द्रबहादुर कार्की, संयोजक
सदस्यहरु सत्यनारायण खनाल, ज्ञानकुमारी छन्त्याल

४ परराष्ट्र मन्त्रालय
डा. नारायण खड्का, संयोजक
सदस्यहरु डा. अमेरशकुमार सिंह, दिव्यमणी राजभण्डारी

५. शहरी विकास मन्त्रालय
उमाकान्त चौधरी, संयोजक
सदस्यहरु मीनाक्षी झा, रामबहादुर विष्ट

६. युवा तथा खेलकूद मन्त्रालय
किशोरसिंह राठौर, संयोजक
सदस्यहरु रंगमति शाही, दुर्गा प्रसाद उपाध्याय
७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
मीनबहादुर विश्वकर्मा, संयोजक
सदस्यहरु विन्दा देवी आले राना,कर्मा घले

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
गगन थापा, संयोजक
सदस्यहरु उमेश श्रेष्ठ, नमिता कुमारी चौधरी

९. खानेपानी मन्त्रालय
सुजाता परियार, संयोजक
सदस्यहरु मीना सुब्बा, नागेन्द्र कुमार राय

१०. स्वास्थ्य तथा जनसंख्या
पार्वता डि.सी. चौधरी, संयोजक
सदस्यहरु सीताराम महतो, मोहन आचार्य

११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
देवेन्द्रराज कण्डेल, संयोजक
सदस्यहरु प्रकाश स्नेही रसाइली, प्रमिला राई

१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
डा. डिला संग्रौला पन्त, संयोजक
सदस्य प्रकाश पन्थ

१३. सञ्चार तथा सूचना प्रविधि
बहादुरसिंह लामा, संयोजक
सदस्यहरु सूर्यबहादुर केसी, विमला नेपाली

१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लक्ष्मी परियार, संयोजक
सदस्यहरु प्रमोद कुमार यादव, स्मृति नारायण चौधरी

१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
अतहर कमाल मुसलमान, संयोजक
सदस्यहरु तेजुलाल चौधरी, धन कुमारी खतिवडा

१६. कृषि तथा पशुपंक्षी मन्त्रालय
पद्मनारायण चौधरी, संयोजक
सदस्यहरु अनिता देवकोटा, सरवत आरा खानम हलुवाइनी

१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
उमा रेग्मी, संयोजक
सदस्यहरु लालकाजी गुरुङ, हिरा गुरुङ

१८. रक्षा मन्त्रालय
भिसेनदास प्रधान, संयोजक
सदस्य अभिषेक प्रताप शाह

१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सञ्जय गौतम, संयोजक
सदस्यहरु जीप छिरिङ लामा, देवप्रसाद तिमिल्सिना

२०. वन तथा वातावरण मन्त्रालय
राजेन्द्र कुमार के.सी., संयोजक
सदस्य मुक्ताकुमारी यादव

२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
राधेश्याम अधिकारी, संयोजक

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.