|

काठमाडौं : काठमाडौं उपत्यकाको दक्षिण भेगमा अवस्थित खोकना नेवारी परम्पराबाट सुसज्जित सांस्कृतिक बस्ती हो।

चारैतिर फाँटले भरिएको ललितपुरको पर्यटकीय बस्ती खोकना अहिले मौलिकता जोगाउन जाग्दैछ। भुटेको तोरीका लागि प्रसिद्ध खोकना नेपालमै सबैभन्दा पहिले बिजुली बलेको गाउँका रूपमा चिनिन्छ।

प्रत्येक वर्ष दशैंको सुरुवातका दिनमै धुमधामसँग सिकाली जात्रा मनाइन्छ, यो ठाउँमा। दशैं मनाइदैन साथै कुखुरा, सुगुर, बंगुर पाल्न नहुने र कलधाराको पानी पिउन नहुने ठाउँका रूपमा प्रसिद्ध छ।

विस २०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त खोकना फेरि उठ्दैछ। फेरि जाग्दैछ। यहाँको मौलिक परम्परामा कुनै बाधा आएको छैन। अहिले मौलिक परम्परालाई हामी जोगाई राख्नेछौँ भन‍्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ।

यस महोत्सवमा तोरीको तेल उत्पादन अवलोकन, परम्परागत प्रविधिको प्रदर्शनी, स्थानीयस्तरमा निर्मित सामग्रीको बजार, चोक चोकमा भजन प्रर्दशन, नेवारी परिकार र नेवारी रहनसहन र नेवारी पन झल्किने भेषभुषा देख्‍न सकिन्छ।

हेर्नुहोस फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.