राम्रोलाई नराम्रो र नराम्रो कामलाई राम्रो नभिनिदिनू

|

काठमाडौं :सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन्। सरकारले गरेका राम्रा र नराम्रा दुवै खालका कामको जानकारी जनतामाझ पुर्‍याउने जिम्मेवारीमा रहेका सञ्चारमाध्यमले राम्रोलाई नराम्रो र नराम्रो कामलाई राम्रो काम भनेर भ्रमित नबनाउन पनि आग्रह गरे।

अर्थमन्त्री युवराज खतिवडाले आइतवार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका हुन्। पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिए।

सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्‍ने मान्यता सरकारले नराख्‍ने उल्लेख गर्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पुर्‍याउने योगदानलाई मध्यनजर राखेर सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन्।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणको विवादमा मुछिएपछि तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.