|

गुल्मी : गुल्मीमा जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

तम्घासदेखि सत्यवती गाउँपालिकाको खैरेनीमा विद्युत्‍को ट्रान्सर्फमर जडानका लागि जाँदै गरेको  लू १ च ६७०१ नम्बरको जीप गुल्मी दरवार गाउँपालिका-२ को अर्थुङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका  प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

दुर्घटनामा नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रमा कार्यरत कर्मचारी  पदम थापा, गोविन्द रिजाल, लोकबहादुर खत्री, दिलीप रेश्मी, दोजराज राई, भूमिश्वर कुँवर र सेरबहादुर सोमै घाइते भएको  घलेले जानकारी दिए।  

घाइतेहरूमध्ये पदम थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेका छ। घाइतेहरू सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

गाडी अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको र घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको घलेले जानकारी दिए। जीप सडकदेखि ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.