|

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ सरकार फेरिन सक्ने बताएका छन्।

मिथिला विहारी नगरपालिका ८ कचुरीबाट आइतबार सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको उद्घाटनपछि संचारकर्मीसँग अध्यक्ष प्रचण्डले प्रदेश २ को सरकार परिवर्तनका विषयमा दलहरूसँग छलफल चलिरहेको बताए। उनले समाजवादी र राजपासँगै सरकार परिवर्तन विषयमा कुराकानी भइरहेको समेत बताए।

प्रदेश २ मा अहिले समाजवादी पार्टी र राजपाकै सरकार छ। राष्ट्रियसभा निर्वाचनमा नेकपासँग राजपाले गठबन्धन बनाएका कारण प्रदेश २ मा समेत गठबन्धन सरकार बनाउने  चर्चा चले पनि अहिले सेलाएको छ। 

राजपा नेताहरूले नै सरकार परिवर्तन नहुने स्पष्ट पारिसकेका बेला नेकपा अध्यक्ष प्रचण्डले भने सरकार फेरिने छलफल चलिरहेको बताएका हुन्। तर सरकार कहिलेसम्म परिवर्तन हुने विषयमा भने उनले केही बोल्न चाहेनन्।

उनले अस्ती भक्तपुरमा संसारकै कम्युनिस्ट संघर्षमा रहँदा राम्रो र सत्तामा पुग्दा नराम्रो रोग लाग्ने गरेको बोलेको थिए। तर त्यसलाई गलत व्याख्या गरिएको पनि उनले बताए। अध्यक्ष प्रचण्डले भने,' नेपालका कम्युनिस्टमा नराम्रो रोग लागेको भनेको छैन। त्यतिबेला नै संचारमन्त्रीको अडियो रेकर्ड बाहिएकाले पनि गलत व्याख्या गरियो।' 

उनले एमसिसी राष्ट्रको हितविपरित आँखा चिम्लेर सम्झौता अनुमोदन गर्न नसकिने बताए। उनले गम्भीर ढंगले अध्ययनपछि परिमार्जन नगरी एमसिसी सम्झौता नगरिने समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.