|

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अंकले वृद्धि भएको छ। पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अंकले बढेर एक हजार ५०० माथिको विन्दुमा पुगेको हो।

लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत लगाउनुपर्‍यो। लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाव पर्न गयो। सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनु परेको हो। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै ७० अंकले बढ्यो। ‘बुलिस ट्रेन्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो। यस्ते सेन्सेटिभ परिसूचक १७.०७ ले वृद्धि भई ३१७.५० मा पुग्यो। कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए। 

कारोवार भएका सबै १२ उपसमूहको शेयर नै आइतबार उकालो लागे। बैंकिङ ८६.०१, व्यापार ७३.११, होटल ११.७७, विकास बैंक ८४.५९, जलविद्युत् ३३.७५, वित्त २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादन ३८.६२, अन्य २४.६३, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६ र सामूहिक लगानी कोष ०.२८ ले वृद्धि भयो। 

कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको मात्रै १२ करोड ५६ लाख २१ हजार ७६६ बराबरको शेयर कारोवार भयो। यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ११ करोड ८२ लाख ६४ हजार २०६, शिखर इन्स्योरेन्स १० करोड ३७ लाख ४१ हजार २८१, हिमालयन डिस्टिलरी  १० करोड ३४ लाख छ हजार १३८, गरिमा विकास लघुवित्त वित्तीय संस्था नौ करोड ८२ लाख एक हजार ७६८, नागरिक लगानी कोष नौ करोड ७० लाख २८ हजार २०१ र प्रभु बैंकको नौ करोड ४६ लाख ३० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे। 

स्टकका अनुसार आज फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९६, एनएमबी बैंक ९.९३, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.९१, मेगा बैंक ९.९१, आरएसडिसी लघुवित्त वित्तीय संस्था ९.८९ र एभरेष्ट बैंकका शेयरधनीले ९.८९ प्रतिशतले कमाए। त्यस्तै तारागाउँ रिजेन्सी होटल ५.६८, वरुण हाइड्रोपावर ५.०५, पञ्चकन्या माई हाइड्रोपावर चार, नेशनल हाइड्रोपावर ३.१२, जोशी हाइड्रोपावर ३.०७ र ओरियन्टल होटलका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.