|

दाङ : प्रदेश-५ की भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडलले सामुदायिक वनलाई कृषि वन बनाउन लागेको बताएकी छन्।

आइतबार दाङको बेलझुण्डीमा भएको प्रथम तुलसीपुर सामुदायिक वन कार्याशाला गोष्ठीमा बोल्दै मन्त्री पौडेलले वनभित्र फलफूल खेती, जडीबुटी खेती, घासको खेतीजस्ता उत्पादन हुन सक्ने काम गर्नको लागी मन्त्रालयबाट काम अगाडि बढेको बताइन्।

त्यसैगरी, उनले यो कार्य सामुदायिक वनमा सफल भयो भने, निजी वनहरूमा समेत गर्ने बताइन्। यस वर्ष वनमा कृषि उत्पादन गर्नको लागि प्रदेश सरकारले ५० प्रतिशत, सामुदायिक वनले ३५ प्रतिशत र उपभोक्ताले श्रम लगानी गरी काम सुरु गर्न लागेको समेत बताइन्।

त्यसैगरी, उनले अब सामुदायिक वनले करमाथि करको भार बोक्न नपर्ने समेत बताइन्। ‘अहिले सामुदायिक वनले करमाथि करको भार बोक्नु परेको छ। अब तीनवटा सरकारबीच सहकार्य गरी कर तिर्न रहर गर्ने अवस्था हुन्छ’ उनले भनिन्।

त्यसैगरी, उनले पहिला कर तिर्नको लागि सामुदायिक वनमा उत्पादन बढाउने र तीनवटा सरकारमध्ये एकवटा सरकारलाई मात्र कर तिर्ने गरी योजना बनाउनेसमेत बताइन्। उनले वन लगाउँदा उत्पादन हुने खालको मात्र लगाउने र वातावरण संरक्षण, संस्कृति संरक्षण र उपभोक्तालाई असर पर्ने गरी वनलाई उत्पादन मुलक ढंगले अगाडि बनाउन प्रदेश सरकारले लागेको समेत बताइन्।

त्यसैगरी, कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नेपालमै पहिलो पटक बन ऐन कानुन बनाएर स्थानीय तहको वन उद्यम विकासको निम्ति के गर्न सकिन्छ, भनेर अगाडि बढिरहेको बताए। उनले अब सामुदायिक वनको मुद्दा सिंह दरबारमा गरेको बहसले भन्दा स्थानीय तहमा गरेको बहसले सार्थकता पाउने भएकोले पहिलो पटक तुलसीपुरमा यो कार्यक्रमको आयोजना गरेको समेत बताए। 

त्यसैगरी, नगर प्रमखु पाण्डेले वनबाट पनि आर्थिक समृद्धि हुने भएकाले सरकार, सामुदायिक वन, निजी वन र उपभोक्ता मिलेर वन उद्योग संचालन गर्ने सकिनेसमेत बताए। तुलसीपुर उपमहानगरपालिकाभित्र १० हजार हेक्टर वन क्षेत्र रहेको समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.