|

  • नमिन ढकाल

इलाम : बाँझोस्थित माङ्सेबुङमा माघ २३ गतेबाट सातौं संस्करणको पवित्रहाङ्मा महिला गोल्डकप खेलकुद प्रतियोगिता सुरु हुने भएको छ। किराँत धर्मगुरुआमा पवित्रहाङ्‍मा साँवा लिङदेनको ६१ औं जन्मोत्सवको अवसरमा आज इलाममा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको विषयमा जानकारी दिइयो।

किराँत साम्यो हक्चात यक्चुम बाँझो इलामको आयोजनामा हुन लागेको गोल्डकप खेलकुद प्रतियोगितामा महिला फूटबल, म्याराथुन लगायतका अन्य खेलहरु पनि हुनेछन्। गोल्डकप अन्तर्गत आगामी माघ २३ गतेदेखि महिला फुटबल हुनेछ। फुटबलको विजेता टिमले नगद ६१ हजार ६१ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार ६१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। 

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही ३ हजार ५६१ रुपैयाँ प्रदान गरिनेछ। फागुन १ सम्म सञ्चालन हुने प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ्ग र मोरङका ८ महिला टिमको सहभागिता रहने आयोजक समितिका संयोजक राजेन्द्र विक्रम खजुमले बताए।

त्यस्तै अन्य खेलहरुमा म्याराथुन दौड, म्युजिकल चियर, लठ्ठा तान्‍ने, हाँडी फोड्ने लगायतका खेलहरु आयोजना गरिनेछन्। किराँत धर्मावलम्बीहरुको प्रमुख धार्मिक स्थलको रुपमा अवस्थित माङ्सेबुङमा सरकारी लगानी बिना नै वर्षेनी ठूल्ठूला कार्यक्रमहरु सञ्चालन गरिदैं आएको छ।

२०६७ मा झापाको दमकमा आयोजना गरिएको प्रतियोगिता २०६८ सालदेखि निरन्तर लारुम्बामा नै आयोजना गरिदैँ आएको आयोजक समितिले जानकारी दिएको छ। प्रतियोगिता सम्पन्‍न गर्न १० लाख रुपैयाँ लाग्‍ने आयोजक समितिका सचिव मनकुमार आङ्बुहाङले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.