|

सल्यान  : सुर्खेत राकममा भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। सल्यान घाँजरी पीपल गाविस ७ संग्रही घर भई सुर्खेत राकम २ जामुनेबजार बस्दै आएका २१ वर्षीय गोविन्द नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

१५ गते दिउँसो नुहाउन गएका नेपाली पौडी खेल्ने क्रममा बगेका थिए। बगेको एक दिनपछि आइतबार साँझ सल्यानको बालुवासंग्रही नजिकै शव फेला पारेको इलाका प्रहरी कार्यालय राकममा प्रहरी निरीक्षक नेत्र बहादुर बोहराले जानकारी दिए। मृत्तक नेपालीको शव पोष्टमार्टमका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.