|

धनकुटा : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। 

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सुरु भएको ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश सरकारले ज्येष्ठ नागरिक ऐनमा भएका सबै कुरा कडाइका साथ कार्यान्वयन गरिरहेको बताएका हुन्। उनले यातायातका साधनमा ज्येष्ठ नागरिकका लागि छुट्टै सिट आरक्षण गरिनु पर्ने व्यवस्थालाई प्रदेश सरकारले कडाईका साथ लागू गरेको भन्दै यो व्यवस्था यहाँका सवारी साधनमा कार्यान्वयन नभएको भए प्रहरी प्रशासनमा जानकारी गराउन आग्रह गरे।

ज्येष्ठ नागरिकलाई सवारी साधनमा ५० प्रतिशत छुटको कानुनी व्यवस्था भएअनुसार यो पनि कडाइका साथ लागु गराइएको उनको भनाइ थियो। उनले शिविरमा ज्येष्ठ नागरिकलाई लगाइएको दाँतको समयावधि १० वर्षसम्म रहने बताए।

शिविरमा लगाइएका दाँतसम्बन्धी १० वर्षभित्र समस्या आएमा जनप्रतिनिधिलाई सर्वसाधारणले जानकारी गराए समस्या समाधानका लागि उनीहरूले भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्बूले भिडियो एक्स रे सेवासहितको कम्तिमा ५० शय्याको अस्पताल र जातीय संग्रहालय निर्माणमा सहयोग गर्न माग गर्दै सामाजिक विकास मन्त्री घिमिरेलाई ज्ञापनपत्र वुझाएका थिए।

तीन दिनसम्म चल्ने शिविरमा गाउँपालिका सबै दाँत नभएका ज्येष्ठ नागरिकलाई दाँत लगाइने गाउँपालिकाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.