|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपांगता भएका व्यक्तिलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिए। 

सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेस आन्दोलन, थारु जनजाति आन्दोलनका घाइते तथा अपांगता भएका व्यक्तिलाई सीप सिकाउन निर्देशन दिएका हुन्। 

सिटिइभिटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षणलगायतका कुरामा नयाँ ढंगले सोच्न निर्देशन दिए। सिटिइभिटी जागिर खुवाउने ठाउँ नभएर सीप र चरित्र सिकाउने ठाउँ भएको उनले बताए। सिटिइभिटीको पुरानो परिचय बदलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले त्यसका आफूले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए।

अबको २५ वर्षमा आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्यांकले देखाएको भन्दै पाखेरेलले रैथाने सीप र आधुनिक सीपलाई सँगै अगाडि बढाउनुपर्ने अवश्यकता औल्याए। सिटिइभिटी उच्चस्तरीय जनशक्ति उत्पादनतर्फ नगएको उल्लेख गर्दै उनले सधै सिएमए र अनमी उत्पादन गर्न नसकिने बताए।

सिटिइभिटीले ३२ औं वार्षिकोत्सव मनाइरहँदा मन्त्री पोखरेलले प्रयोशाला अभाव र शिक्षकको अभाव रहेको स्वीकार गर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.