‘देशलाई हामी आमा भन्छौँ, काटेर खान मिल्दैन’
‘देशलाई हामी आमा भन्छौँ, काटेर खान मिल्दैन’
काठमाडौं : नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले जन्मदिनको अवसरमा काटेको ‘केक’ को विषयलाई लक्षित गर्दै देशलाई काटेर खान नमिल्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै ट्वीटरमा उनले लेखेका छन्, ‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन।’
केक काटेर खाने नेपालीको मौलिक संस्कृति नभएको समेत प्रष्टाएका छन्। ‘समृद्धि’का लागि संसारसामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउने पार्टी निर्णय हुन नुहुने भन्दै असतुष्टि समेत व्यक्त गरेका छन्।
प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना !
— Bhim Rawal (@BhimRawal179) February 24, 2020
यो मनन गर्नु भने उचित हुन्छ-केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ 'समृध्दि' का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन; पार्टी निर्णयले झनै मिल्दैन ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।