|

काठमाडौं : राष्ट्रिय भलिबल टोलीका कुलबहादुर थापा र सरस्वती चौधरीलाई मनोरन्जन रमण शर्मा अवार्डबाट सम्मान गरिएको छ। पुरुषतर्फ कुलबहादुर र महिलातर्फ सरस्वतीले यो अवार्डसँगै नगद ३५—३५ हजार प्राप्त गरेका छन्।

नेपाल भलिबल संघका अध्यक्षसमेत रहेका मनोरन्जन रमण शर्माले गत वर्षबाट सुरु गरेको यो सम्मान यस वर्षको उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई प्रदान गरिएको हो। अवार्ड कार्यक्रममा सरस्वती भने अस्वस्थताका कारण उपस्थित हुन सकिनन्।

यस्तैगरी, नेपाल भलिबल संघले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको विजेता नेपाली महिला टोलीलाई जनही १०—१० हजार नगदसहित सम्मान गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.