|

दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दाङको लमही नगरपालिका ६ कुलमोडमा  रा ३ प ५७११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १६ का ३२ वर्षीय कृष्णबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सोमबार दिउँसो साढे १२ बजे भएको दुर्घटनामा परी डाँगीको नाक, मुखमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते डाँगीको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल तीव्र गतिका कारण  अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.