|

दाङ: नेपाली कांग्रेसका केन्द्रीय नेताले वर्तमान सरकारले जनमत अनुसारको काम गर्न नसकेको आरोप लगाएका छन्। सोमबार दाङको घोराहीमा गिरीजाप्रसाद कोइराला फाउण्डेशन दाङले आयोजना गरेको कोइरालाको योगदानको विषयक बिचार गोष्ठीमा बोल्दै कांग्रेसका नेताले सरकारको कडारुपमा आलोचना गरेका हुन्।

शान्ति प्रक्रियासँगै देशको अग्रगामी रुपान्तरणमा गिरीजाप्रसाद कोइरालाको भूमिका उच्च रहेको भन्दै कांग्रेस नेताहरूले कम्युनिष्टले सञ्चालन गरेको सरकार कमजोर देखिएको पनि बताए।

फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महामन्त्री शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालाकै सोच र योगदान अविस्मरणीय रहेको बताए। उनले शान्ति प्रक्रिया कायम गर्नमा कोइरालाको भूमिका उच्च रहेको तर वर्तमान सरकारले देशको विकास र नागरिकको न्यायमा भन्दा पनि भ्रष्टाचारतर्फ मात्र ध्यान दिएको आरोप पनि लगाए। 

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले सरकार संविधान कार्यान्वयनको पक्षमा समेत कमजोर देखिएको बताए। उनले भ्रष्टाचार, अनियमिततामा सरकार आफैँ संलग्न भएको आरोप लगाए। उनले यसरी प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्नु दुर्भाग्यपूर्ण भएको बताए। पूर्वमन्त्री समेत रहेका थापाले सरकारले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने काम नगरी हावादरी खोक्रा सपना मात्र बाढेको पनि दाबी गरे।

कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, फाउण्डेशनका जिल्ला संयोजक गोविन्द पोख्रेललगायतकाले नेताले शान्ति प्रक्रियामा गिरीजाप्रसाद कोइरालाको योगदान प्रशंसनीय रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.