|

काठमाडौं : सत्तारुढ नेकपामा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सांसद बनाएर प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको प्रयासको चर्को विरोध हुँदै आएको छ। 

नेकपाले बनाएको संंविधान संशोधन कार्यदलका सदस्यहरुले नै यसमा नबस्ने घोषणा गरिसकेका छन्। कार्यदलका सदस्य तथा पूर्व सभामुख सुवास नेम्बाङ र अर्का सदस्य खिमलाल देवकोटाले के का लागि संविधान संशोधन भन्दै अश्विकार गरिसकेका छन्। 

संविधान संशोधनको विरोधमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि विरोध जनाएका छन्।  मन्त्री पोखरेलले सामाजिक सञ्जाल मध्यरातमा ट्वीटरमार्फत असन्तुष्टि पोखेका छन्। 

उनले भनेका छन्, ‘अभ्यास,अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरागर्दै आएकाभित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिदैछ। मानिसहरू उदेक मान्दैछन! के का लागि संशोधन खराखरी वहस गर्नेवेला आएजस्तोछ । कुरा लुकाएर–ढाँट छल गरेर कती दिन चल्छ–कसरी चल्छ? राजनीति गरिन्छ जुवा खेलिन्न!

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.