|

काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीहरुलाई कार्यभार थपिएको सम्बन्धी पत्र पढेर सुनाउने तथा विभिन्न विधेयक छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची छ। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७६’ पेश गरिने भएको छ। त्यस्तै अर्थमन्त्री युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ र ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७६ छलफल र पारितका लागि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको ‘बिउ बिजन दोस्रो संशोधन विधेयक २०७५’ छलफल र पारितका लागि पेश गर्नेछन्।। संसद सचिवालयकाअनुसार बैठकमा कृषि मन्त्री भुसालले ‘विरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६’ पनि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। 

यसअघि गत ८ गतेको प्रतिनिधिसभा बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो। आजको बैठक भने स्थगित नहुने भएको छ। हिजो मुख्य विपक्षी दल कांग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच भएको छलफलमा बैठक स्थगित नगर्ने निर्णय गरिएको हो। आजको बैठकमा सुरुमै समय लिएर बोल्ने व्यवस्था सभामुखले मिलाईदिएमा बैठक चल्न दिने र बोल्न नपाए बैठक अबरोध गर्ने निर्णय तीन दलको बैठकले गरेको छ। 

गत बैठकमा कांग्रेसले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस मागेको अडियो टेप प्रकरणका प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गरेको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.