रुकुम : रुकुम पश्चिममा ट्राफिक प्रहरीले सचेतना शिक्षा अभियानलाई तीव्रता दिएको छ। जथाभावी र लाइसन्सबिनै सवारीसधान चलाउने प्रवृतिलाई रोक्न कारवाही र सचेतना दुवै उपाय अपनाएको हो।
जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले पछिल्लो एक महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ३२७ सवारी चालकलाई कारवाही गरी तीन लाख एघार हजार रुपैयाँ राजस्व संकलन गरेको छ। सवारी धनी, चालक र यात्रुहरुलाई विभिन्न स्थानमा सचेतना कार्यक्रम गरिनुका साथै सदरमुकाम खलंगा बजारमा वडा कार्यालयको सहकार्यमा ट्राफिक संकेत राख्ने र पार्किङ व्यवस्थापन गर्दै आएको छ।
पछिल्लो समय सवारीसाधनको संख्यामा वृद्धि भएको तर साँघुरो र कच्ची सडकका कारण दुर्घटना बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले सचेतना कार्यक्रमलाई तीव्र बनाएको ट्राफिक प्रहरी हवल्दार दिलबहादुर शाहीले बताए। ‘ट्राफिकसँग दुई मिनेट’ कार्यक्रम सञ्चालन गरी यात्रु तथा सवारी चालकहरुलाई सचेतना दिँदै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।