|

दैलेख : जिल्ला कारागार दैलेखका ४७ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। तीन दिनसम्म विभिन्न समूहमा मानसिक रोग परीक्षण गरिएको हो।

परीक्षणका क्रममा बहुविवहामा सजाय भोगी रहेका नौजना महिला कैदीहरुमा आत्तिने र डिप्रेसनको समस्या देखिएको चिकित्सकहरुले बताएका छन्। विभिन्न मुद्दामा कदै सजाय भुक्तान गरिरहेका १३ महिला, लागुऔषध कारोबारमा सजाय भुक्तान गरिरहेका १९ पुरुष र जघन्य अपराधमा कैद सजाय भुक्तान गरिरहेका १५ जना गरी ४७ कैदीबन्दीको मानसिक रोग परीक्षण गरिएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए। 

महिलाहरुमा मानसिक समस्या देखिनुको प्रमुख कारण दोस्रो विवाह बदर हुने डर र कैद सजाय भुक्तान गरिसकेपछि श्रीमानसँगै बस्ने नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाको वैधानिकता नपाउने र समाजिक रुपमा अपहेलित हुने डरले रहेको नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. आशीष दत्तले बताउँछन्।

डा. दत्तका अनुसार लागुऔषध ओसारपसार, कारोबार मुद्दामा सजाय भोगिरहेका पुरुषको मानसिक स्वास्थ्य परीक्षण गर्दा पनि मानसिक समस्या देखिएकाले औषधि सेवन गर्न सुझाव दिएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.