|

काठमाडौं :   संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उपरथी ईश्वर हमाललाई फोर्स कमाण्डर नियुक्त गरेका छन्।

महासचिवको सचिवालयले सोमबार एक विज्ञप्ती जारी गदै हमाललाई राष्ट्रसंघको हेड अफ मिसन र युनाइटेड नेसन्स डिस्इन्गेज्मेन्ट अब्जर्भर फोर्स (युएनडीओएफ)को फोर्स कमाण्डर नियुक्त गरिएको उल्लेख छ।

उपरथी हमालले अब सेनाका अर्का उपरथी शिवराम खरेलले सम्हाल्दै आएको जिम्मेवारी लिनेछन्। हमालले मध्यपूर्वको सिरियाको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन्। 

उक्त क्षेत्रमा नेपाललगायत झण्डै ४० देशका सैनिकहरु कार्यरत रहेका छन् । खरेल संयुक्त राष्ट्रसंघका कार्यवाहक हेड अफ मिसन र युएनडीओएफको फोर्स कमाण्डरका रुपमा कार्यरत थिए।

दशक लामो हिंसात्मक विद्रोहमा भएको मानवअधिकार उल्लंघनलाई कारण देखाएर राष्ट्रसंघले लामो समय नेपाली सेनालाई फोर्स कमाण्डर दिन बन्द गरेको थियो। तर, पछिल्लो समय भने सेनाले फेरि नियमित रूपमा फोर्स कमाण्डर पाउन थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.