हुवावे र यती होल्डिङ्समा अड्कियो सरकार

|

काठमाडौं : सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताएकी छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसनबिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन्। 

‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ ?’ भन्‍ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन्। 

'क्या नेपाल कमयुनिष्ट पार्टीका समाजवाद कमिसनवादके विना टिकेगा ? एक कदम नहि चल सक्ता हे नेकपाका समाजवाद इस कमिसनवादके विना। इसलिने नेपाल कम्युनिष्ट पार्टीके राजनीतिक दस्तावेजमे कमिसनवादको लिगलाइज गर्ते हुए एक च्याप्टर लाए और उस च्याप्टर पे हम बेहस करिङ्गे। कि ये कमिसन वाद और समाजवाद के बीचमे क्या सम्बन्ध हे ?', उनले हिन्दीमा भनिन्, 'बहुत सुने सामन्तवादको खत्तम किया कम्युनिष्ट पार्टी ने। दलाल पुजिँवादको खत्तम किया कम्युनिष्ट पार्टी ने। और आके हम अड्के कहाँ हे अब अड्के हे क्रोनी पुँजीवादी मे। अभि नेपालके इस परिवेशमे इसे क्रोनिक पुजिँवाद कहिए या फिर नेकपाका पूँजीवाद कहिँए। इसमे कोही फरक नहिँ हे।'

सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोपसमेत लगाएकी छन्। नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्‍न गरिन्। 'विधिका शासन कहाँ गया ? सभामुख महोदय,’ उनले सोधिन्। 

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रविति हावी भएको बताइन्। 

बाँस्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्‍न गरिन्। 

सरकारलाई माफियाले घेरेको पनि उनले बताइन्। चिनियाँ कम्पनी हुवावेदेखि यती होल्डिङसम्म सरकार अड्केको उनल दाबी गरिन्। गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.