|

  • गोविन्द महतो-

जनकपुरधाम :  मध्य तराईका जिल्लामा मोटरसाइकल चोरी गरी भारतीय सीमावर्ती जिल्लाहरुमा बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकल चोरीका उजुरी धेरै पर्न थालेपछि प्रहरीले थालेको अनुसन्धानको क्रममा धनुषाको बिभिन्न ठाउँबाट १० थान मोटरसाइकल सहित ५ जनालाई पक्राउ गरेको हो।

प्रहरीले धनुषा मिथिलेश्वरका ८ का २१ वर्षीय अमन साह, मिथिलेश्वर ३ का २५ वर्षीय उदय भनिने नवीनकुमार यादव, महोत्तरी हरिहरपुर घर भई जनकपुर ९ रजौल बस्ने नवीनकुमार यादव, महोत्तरी रतौली १ का २६ वर्षिय सञ्जितकुमार हाथि र महोत्तरी बथनाहाका २४ वर्षीय ध्रुवकुमार झालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।   

धनुषाका प्रहरी उपरीक्षक लिलामणि आचार्यले उनीहरुले नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने गरेको बताए। चोरिएका सम्पूर्ण मोटरसाइकलहरु अभियुक्तहरुको नजिकको व्यक्तिहरुको रहेको समेत प्रहरीको भनाइ छ। कुनै बहानामा मोटरसाइकल मागेर लाने र साँचोको नक्कल लिइसकेपछि केही दिन वा महिना पछि मोटरसाइकल चोरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दियो।

उनीहरुको साथबाट स ५ प ७१०० नम्बरको १५० सीसीको बजाज पल्सर,  को २६ प ७६४२ नम्बरको टीभीएस, ज ८ प ७७९७ नम्बरको टीभीएस अपाचे, लु २५ प ८६४४ नम्बरको १५० सीसीको पल्सर, ज ३ प २९५ नम्बरको टीभीएस अपाचे बरामद गरेको छ। त्यस्तै बा २८ प ४८८८ नम्बरको होण्डा स्कुटी, ज ५ प ९६२० नम्बरको साइन, बा १९ प २८७२ नम्बरको पल्सर, को २० प ८१८८ नम्बरको पल्सर र बीआर ७ जी ०३२८ नम्बरको भारतीय स्प्लेण्डर मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयले सोमबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.