|

पर्वत : पर्वतको कुस्मा नगरपालिकालाई उच्च अदालत पोखरा बागलुङ इजलासले अदालतमा उपस्थित हुनका लागि आदेश दिएको छ।

अधिवक्ता रामचन्द्र शर्माले स्थानीय निर्वाचनको तीन वर्ष पुग्नै लाग्दासमेत न्यायिक समिति गठन र प्रवक्ता चयन नगरेको भन्दै सोमबार परमादेश आदेश जारी गरिपाऊँ भन्दै दायर गरेको रिटको सुनुवाइ नगरपालिकालाई उपस्थिति हुन आदेश जारी गरेको हो।

रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासले आउँदो फागुन २२ गतेका दिन बिहान १० बजे छलफलका लागि अदालतमा उपस्थित हुन दुवै पक्षलाई आदेश जारी गरेको छ।

उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको एकल इजलासले शर्माद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै विपक्षी कुस्मा नगरपालिका र रिट दायर गरेको दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन भनेको हो।

रिट दायरकर्ता अधिवक्ता शर्माले परमादेशको माग गरेको भए पनि अदालतले भने न्यायिक समिति गठन गर्ने विषयमा परमादेश दिनुभन्दा छलफलबाट समस्या समाधान गर्न सकिने भन्दै छलफलका लागि बोलाएको हो।

अधिवक्ता शर्माले पटक-पटक नगरसभाको अधिवेशन सम्पन्न गर्दासमेत उक्त अधिवेशनमा संविधानमै व्यवस्था गरी स्थानीय तहबाट जनतालाई न्याय दिलाउन खडा गरिएको न्यायिक समिति गठन नगरी कुस्मा नगरपालिकाले संवैधानिक र कानुनी मूल्य मान्यता कुल्चँदा आफू र नगरवासीले न्याय पाउने मार्गको अवरोध गरिएको भनी रिटमा लेखिएको थियो। जसमा कुस्मा नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.