|
फाइल फोटो

बैतडी : राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार सुदूरपश्चिम प्रदेशको भ्रमणमा आउँदै छन्। राष्ट्रपति भण्डारीले तीन दिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ। 

बुधबार मध्याह्न कैलालीको धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उदघाटन र सोही दिन २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

फागुन १५ बिहीवार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजाआजा  र दशरथचन्द नगरपालिकाका तर्फवाट नागरिक अभिन्नदनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्रावासको उदघाटन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट पाटनमै नागरिक अभिनन्दन गरिने जनाइएको छ।

त्ससभन्दा अगाडि  बिहीबार बिहानै दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्नुहुने कार्यक्रम रहेको छ। साथै, मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ। 

यस्तै, शुक्रबार बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारी १७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.