|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा भूकम्पबाट क्षति भई प्रवलीकरण भइरहेको ऐतिहासिक केशर महलको आज अवलोकन गरेका छन्। 

अवलोकनपछि प्रधानमन्त्री ओलीले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरे। पुस्तकालयको अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं’ भन्ने लेखेका छन्। 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रियस्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए। ५९ करोड ५० लाखको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.