|

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्‍न स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। हेटौंडा–१७ रातमाटेबाट ६ किलो गाँजासहित एकसाथ २ जनालाई पक्राउ गर्‍यो।

हेटौंडाबाट काँकडभिट्टातर्फ जॉदै गरेको ना.५ ख. १९६ नं. यात्रुबाहक बस विशेष सुराकीका आधारमा चेक जाँच गर्र्दा उक्त बसमा सवार  मकवानपुर भार्ता गाविस वडा नं. ९ बस्ने वर्ष ५५ को खड्कबहादुर लामा र वर्ष ५५ की धनमाया लामाको साथ प्रहरीले ६ किलो गाँजा भेट्यो। 

वीरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना. ६ ख. ८९२ नं. यात्रुबाहक रातेमाटेमै चेकजाँच गर्दा प्रहरीले लागु औषध डाईजेपाम १० एम्पुल, नोर्फिन १० एम्पुल, फेनरागन १० एम्पुल र नाईट्रोभेट १२ ट्याब्लेटसहित २९ वर्षिय सुसन मगरलाई पक्राउ गर्‍यो।  हेटौंडा ४ बाट रिकेश महर्जनलाई २ बोेत्तल कोरेक्ससहित पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेब गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.