नेपालबाट भने नगन्य निर्यात

|

पर्सा : कृषि प्रधान देशमा धान आयात गर्दा अर्बौं रकम बाहिरियोभन्दा अलि आश्चर्य लाग्न सक्छ। तर, नेपालको सन्दर्भमा यो अब आश्चर्यको कुरा रहेन। गएका सात महिनामा वीरगन्जस्थित एउटा भन्सार नाकाबाट मात्र धान आयात गर्न तीन अर्ब ४८ करोड ८९ लाख रुपैयाँ बाहिरिएको छ।

नेपाल सरकारले आयात प्रतिस्थापन गर्ने दाबी गरिरहेको समयमा यो रकम पनि चालु आर्थिक वर्षको सात महिनामा धान आयातमा मात्र यत्रो रकम बाहिरिएको हो। यो रकम गतवर्ष बाहिरिएको भन्दा पनि ९१ करोड ७४ लाख १२ हजार बढी हो।

नेपालबाट भने नगन्य निर्यात

चालु आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्म वीरगन्ज भन्सार नाकाबाट जम्मा ८४ लाख ५७ हजारको मात्र धान निर्यात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ। तर सोही अवधिमा नेपालतर्फ भने वीरगन्ज भन्सार नाकाबाटै धान आयात गर्दा कुल तीन अर्ब ४९ करोड ७४ लाख ४६ हजार रकम बाहिरिएको वीरगन्ज भन्सार कार्यालयकै तथ्यांले देखाएको छ।

दुवै तथ्यांलाई तुलना गर्दा थोरै तथ्यांकमा फेरबदल भई ३ अर्ब ४८ करोड ८९ लाख ८९ हजार भने वीरगन्ज भन्सार नाकाबाट बाहिरिएको हो। यो रकम धानतर्फको मात्र व्यापार घाटा पनि भएको वीरगन्ज भन्सारका सूचना अधिकारी विमलकुमार साहले थाहाखबरलाई बताए।

चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज भन्सार नाकाबाट मात्र मुलुकभित्र ११ करोड ९५ लाख १० हजार ९९३ किलो धान आयात भएको छ। निर्याततर्फ भने समीक्षा अवधिमा जम्मा ३३ हजार ८०९ किलोग्राम मात्र धान निर्यात भएको छ।

गत वर्षभन्दा धान आयात वृद्धि

गत वर्षको सात महिना अर्थात् आर्थिक वर्ष ०७५/०७६ को सात महिनामा भने वीरगन्ज भन्सार नाकाबाट कुल दुई अर्ब ५७ करोड ५७ लाख २४ हजारको एक करोड ५७ लाख ५० हजार १० केजी मात्र धान आयात भएको तथ्यांकले देखाएको छ। यो वर्ष भने बाहिरिएको मूल्य र आयात भएको धानको परिणाम दुवै बढेको सूचना अधिकारी साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.