काठमाडौं : मन्त्रिपरिषदको बैठकले नेपाल सरकारका केही सचिवको सरुवा तथा पदस्थापन गरेको छ।
कर्णाली प्रदेशको मुख्य सचिवमा कार्यरत केवल भण्डारीलाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरेको छ। लक्ष्मण अर्याललाई मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमा लगिएको छ।
कर्णाली प्रदेशको मुख्य सचिवमा हालै बढुवा भएका टेकनारायण पाण्डेलाई र नेपाल ट्रष्टको सचिवमा रामकृष्ण सापकोटालाई पदस्थापन गरिएको छ। केहीअघि ती दुवै ठाउँका सचिवले अवकास पाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।