|

किभ : युक्रेनी सेना र रसिया पक्षघर विद्रोहीबीच सोमबार पूर्वी युक्रेनको युद्धग्रस्त इलाकामा भएको झडपमा विद्रोही तथा सेनातर्फ गरी ६ जनाको मृत्यु भएको युक्रेनी सेनाले जनाएको छ। 

सोमबारको झडपमा मृत्यु भएका व्यक्तिसँग विगत दुई दिनयता जम्मा ११ जनाको भएको यो ठूलो झडप हो। सेनाले सोमबारको कारबाहीमा आफ्ना दुई सिपाहीको मृत्यु भएको जनाएको छ।

आइतबारदेखि विद्रोहीद्वारा सेनाविरुद्धको आक्रमण तीब्र पारिएपछि भएका झडपमा युक्रेनी सेनाले तीन विद्रोहीलाई नियन्त्रणमा लिएको छ। यस क्रममा घाइते दुई जनाको मृत्यु भएको बताइएको छ । आइतबारको झडपमा चार सेना र एक विद्रोहीको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.