हिंसा प्रभावित इलाकामा खटिए मोदीका सुरक्षा सल्लाहकार डोभाल

|

भारतको राजधानी नयाँदिल्लीमा नागरिक संशोधन कानूनको विरोध गर्दै भइरहेका हिंसात्मक प्रदर्शनमा अहिलेसम्म २७ जनाको ज्यान गएको छ। साम्प्रदायिक हिंसामा मानवीय हताहती बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई हिंसा भएका स्थानहरुमै खटाइएको छ। 

मुस्लिमलाई सीधै विभेद गर्नेगरी ल्याइएको भनिएको नागरिकता संशोधन कानूनको विरोधमा भारतमा महिनौंदेखि प्रदर्शन चर्किएको छ। विभेदकारी कानूनको विरोधमा हिन्दुहरुसमेत प्रदर्शनमा उत्रिएका छन्। तर नयाँदिल्लीको चित्र भने फरक छ। 

अहिले उत्तरपूर्वी दिल्लीमा हिन्दुवादी कट्टरपन्थी छवीको भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरुले स्थानीय मुसलमानहरुको घर तोडफोड गरिरहेका छन् भने मानिसहरुको समेत हत्या गरेका छन्।

पछिल्लो विवादास्पद कानूनको विपक्षमा रहेका र मोदी सरकारप्रति वफादार हिन्दुवादी कार्यकर्ताहरुबीच ब्यापक झडपहरु भइरहेका छन्। मुस्लिम युवाहरुलाई भाजपाका कार्यकर्ताहरुले बीच सडकमा नाङ्गै पारेर घिसारिरहेको निर्मम दृश्यहरु सार्वजनिक भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.