|

मस्को : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार भएको फोनवार्तापछि दुबै देशका अधिकारीबीच भेटवार्ता हुने रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ।

शनिबार दुई नेताबीच लामो छलफल भएको बताउदै फोनवार्ता सौहाद्र र रचनात्मक रहेको पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए। पेस्कोभका अनुसार फोनवार्तामा क्रेमलिन र ह्वाइट हाउसका कर्मचारीलाई प्रत्यक्ष वार्ताका लागि व्यवस्था मिलाउन निर्देशन गर्ने सहमति भएको थियो । दुई नेताबीच प्रत्यक्ष भेट भएपछि व्यवहारिक सम्झौता गर्न सकिने क्रेमलिनको भनाइ छ। 

यसअघि रसियाली विदेशमन्त्रीले अमेरिका र रसियाको चासो आतङ्कवादविरुद्धको लडाइँ लगायत कैयौा क्षेत्रमा आवश्यक देखिएको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.