|

काठमाडौं : प्रधानमन्त्रीकेपी शर्मा ओलीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने प्रस्ताव नराखेको बताएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले यस्तो कुनै प्रस्ताव नराखेको दाबी गरेका हुन्। गत शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने प्रस्ताव राखेको भनेर आएको समाचारको खण्डन गरेका हुन्। 

 

गत शनिबारको सचिवालय बैठकले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने र राष्ट्रिय सभा सदस्य थप्नेबारे छलफल गर्न कार्यदल बनाएको थियो।

वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठन भएको कार्यदलमा सुवास नेम्वाङ र खिमलाल देवकोटा राखिएको थियो। नेम्वाङ र देवकोटा दुबैले कार्यदलमा बस्न अस्वीकार गरेका थिए। चौतर्फी बिरोध भएपछि कार्यदलसमेत विघटन भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.