|

काठमाडौं : सत्तारुढ नेकपाभित्र भएको शीर्ष नेताहरुको विवाद छताछुल्ल भइरहँदा विभिन्न प्रतिक्रिया आइरहेका छन्। 

नेकपाको सचिवालयले एक पछि अर्को विवादास्पद निर्णय गरिरहँदा सर्वसाधारण पनि खुलेरै विरोध जनाइरहेका छन्। संविधान संशोधन गरेर वामदेव गौतमलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय सचिवालय बैठकले फिर्ता नै लिनु पर्यो।  

तर बुधबार मात्रै सत्तारुढ दल नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णयले छ। त्यो निर्णय त झन विवाद छताछुल्लै भएको छ। सचिवालयले गरेको निर्णयको केही समयपछि प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभा उम्मेदवार बनाउन नसकिने जनाएपछि नेकपाको विवाद सतहमै आएको हो। 

यसै मेसोमा पूर्व अर्थ सचिव रामेश्वर खनालले पनि विरोध जनाएका छन्। उनले भनेका छन्, ‘उता राष्ट्रपतिका उट्पट्याङ निर्णय,  बोली र उनी माथि लागेका अभियोगका विरूद्ध पार्टीले (एउटा अपवाद बाहेक) एक ढिक्का भएर साथ दिए, यता पार्टीले प्रधानमन्त्रीलाई निर्णय लाद्न खोज्ने। लौ चित्त बुझेन। प्रधानमन्त्रीका पक्षमा खुलेर लागियो।’


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.