|

बोस्टन : नेपाल अमेरिका पत्रकार संघ ९नेजा० को सातौं अधिवेशन तथा १४ औं साधारण सभा मे महिनाको २ र ३ तारिखमा हुन लागेको छ। अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायका अभियन्ताहरुसँग नेजाले छलफल गरेको छ।

अमेरिका र क्यानडालाई कर्मक्षेत्र बनाएका पत्रकारहरूको भेलामा झण्डै १ सय ५० पत्रकारको सहभागिता हुनेछ। यसअघि कोलोराडो, वासिङगटन, क्यालिफोर्निया, भर्जिनिया, टेक्ससलगायतका राज्यमा नेजाका साधारण सभा तथा अधिवेशन गर्दा समेत समुदायले ठूलो सहयोग गरेकाले यसका लागि पनि सहयोग गर्न आह्वान गरिएको छ।

नेजाको स्थापना वाशिंगटन डिसीमा २००७ अप्रिलमा भएको हो। यसका आजीवन १२, र साधारण करिब १ सय ५० सदस्य छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.