|

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबीनका लागि संसदमा आवाज उठाएपछि राप्रपाका अध्यक्ष कमल थापाले त्यसको समर्थनमा ट्वीट गरे। 

पञ्चायती पृष्ठभूमीका थापाले २०४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानविन गरियोस् भन्ने माग राप्रपाले १० बर्षदेखि उठाउँदै आएको उल्लेख गरेपछि डा. भट्टराईले उल्टै थापामाथि झटारो हानेका छन्। ट्वीटको प्रत्यत्तरमा डा. भट्टराईले लेखेका छन्, 'धन्यवाद मित्र ! तर उच्च राजनीतिक र प्रशासनिक तहको भ्रष्टाचार छानवीनको 'कट अफ प्वाइन्ट' सापेक्ष ढंगले खुलापन आएको २०४७ साल सट्टा पंचायती निरंकुशकाललाई पनि बनाए कसो होला?'

हिजो (बुधबार) बसेको प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका थिए।

'गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए?’, भट्टराईले प्रश्न गरे, ‘म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ। आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’  डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्‍नसमेत गरेका थिए। 

संसदमा बाबुरामको प्रस्ताव : सबै पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौँ

प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा मेरो गोरखामा घर त्यो भन्दा राम्रो छ, त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.