|

काठमाडौं :  पाँच पटकको ग्राण्डस्लाम उपाधि विजेता मारिया शारापोभा अन्तर्राष्ट्रिय टेनिसबाट सन्यासको घोषणा गरेकी छन्।  शारापोभाले काँधको समस्याले आफ्नो शरीर विक्षिप्त भएको  भन्दै सन्यासको घोषणा गरेकी हुन्। 

३२ वर्षीया रुसी खेलाडी शारापोभाले  १७ वर्षको उमेरमा पहिलो पल्ट सन् २००४ मा विम्ब्ल्डनको उपाधि जितेकी थिइन्।  त्यस्तै सन् २०१२ मा फ्रेञ्च ओपनको उपाधि जितेपछि विश्वको चारवटै टेनिसको प्रमुख उपाधि जित्न सफल भइन्।  सन् २०१७ मा प्रतिबन्धबाट फर्किएपछि पटक पटक घाइते भएपछ उनले उत्कृष्ट लय समात्न सकिनन्। 

सन् २०१५ मा मेलोडियम सेवन गरेको पुष्टि भएपछि  १५ महिनाको प्रतिबन्ध लगाइएको थियो। सन्यासको घोषणा गर्दै शारापोभाले भनेकी छन्, ‘म यसमा नयाँ छु, मलाई क्षमा गर्नुहोला र म टेनिसलाई विदा भन्न चाहन्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.