|

काठमाडौं : विश्‍वका ४५ भन्दा धेरै देशमा फैलिसकेको कोरोना भाइरसका कारण जापानको राजधानी टोकियोमा रोकिएका एकजना नेपालीसहित १२४ जनालाई भारतले उद्धभार गरेको छ। 

कोरोना संक्रमित पानी जहाजमा रहेका नेपालीसहित १ सय २४ जनालाई जापानको राजधानी टोकियोबाट उद्धार गरिएको भारतीय विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन्। 

भारत सरकारले एयर इन्डियाको जहाजले कोरोना भाइरस संक्रमण फैलिएको डायमन्ड प्रिन्सेस क्रुजमा अड्किउका आफ्ना ११९ भारतीय नागरिकसहित ५ विदेशीको पनि उद्धार गरिएको हो। जयशंकरका अनुसार एयर इण्डियाको विशेष विमानले सबै नागरिकलाई बिहीबार बिहान नयाँ दिल्ली ल्याइपुर्‍याएको हो। 

भारतीय विदेश मन्त्रालयले जापानबाट नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई पनि ल्याइएको हो। उद्धार गरिएका सबैलाई १४ दिनसम्म हरियाणास्थित भारतीय सेनाको मानेसर संगरोध सुविधा केन्द्रमा लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.