|

इटहरी : पूर्व-उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक रूपमै राजतन्त्र पुनर्स्थापित बताएका छन्। संविधानलाई संशोधन गरेर जनताले नै राजतन्त्र फर्काउने थापाले विश्वास व्यक्त गरेका हुन्।

शुक्रबार इटहरीमा प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम पछि पत्रकार सम्मेलनमा बोल्दै थापाले राजतन्त्र 'जस्केला'बाट नभई जनताले नै ल्याउने बताएका हुन्। कुनै विदेशी शक्तिबाट नभई जनताले चाँडै लोकतान्त्रिक प्रक्रियाबाटै संवैधानिक राजतन्त्र ल्याउने आउने थापाको धारणा छ।

सरकारका पछिल्ला गतिविधिले हिन्दू राज्य र राजसंस्था पुनर्स्थापित गर्न सहज भएको उनको धारणा छ। हिन्दूराष्‍ट्र नेपाललाई ठूला दलहरूले धर्म निरपेक्षतामा लगेर राज्यलाई धर्म परिवर्तनको डढेलोमा पारेको आरोप थापाले लगाए।

सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएका उनले यो सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। भ्रष्टाचारको खबरदारी गर्ने संवैधानिक अङ्गमा पार्टी कार्यकर्ता नियुक्ति गर्नेदेखि मन्त्रिपरिषद्को निर्णय गर्दै भ्रष्टाचारको छानबिन छल्न खोजिएको उनको भनाइ छ।

'पहाडदेखि तराईसम्म धर्म सखाप हुन लागेको छ, भ्रष्टाचारको चङ्गुलमा देश फसेको छ' थापाले भने, 'सरकार र पछिल्लो राजनीतिक व्यवस्थाकै कारण राजतन्त्र पुनर्स्थापना हुन्छ।'

आफ्नो पार्टीले हिन्दू राज्य र राजसंस्थाको एजेन्डा बोक्दा लज्जास्पद हार बेहोर्नु परेको स्मरण गर्दै उनले आफ्नै कमीकमजोरीको कारण निर्वाचनमा पराजित भएको स्पष्ट पारेका थिए।

त्यहीँ बेला पार्टी विभाजन हुनु,  नेपाली कांग्रेससँगको सहकार्यमा धोका हुनु, पार्टीभित्रको भ्रम चिर्न नसक्नु र साधन स्रोत परिचालन गर्न नसक्नुले निर्वाचनमा लज्जास्पद हार भएको उनको बुझाइ छ। राप्रपा नेपाल अहिले संगठन निर्माण अभियानमा लागेको उनले बताए। महाधिवेशनको तयारीमा पार्टी लागेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.