|

काठमाडौं : काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी भएको छ। प्रहरी वृत्त सिंहदरबारले जनाएअनुसार बसपार्कभित्र रहेको भ्युटावर निर्माणस्थल नजिकको रेस्टुरेन्टमा साढे ३ बजेतिर आगो लागेको हो।

आगलागीको कारण भने खुल्‍न बाँकी रहेको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

पछिल्लो समय अधिकांश आगलागी विद्युत् सर्टबाट हुने गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.