|

कुवेतस्थित नेपाली राजदूतावासले कुवेतमा रहेका नेपालीलाई नोबल कोरोना भाइरस (कोभिड-नाइन्टिन) को महामारीबाट बच्न सतर्कता अपनाउन आह्वान गरेको छ। कुवेतमा केही व्यक्तिहरुमा कोरोनाको संक्रमण देखा परेको जानकारी त्यहाँको स्वास्थ्य मन्त्रालयले गराएपछि नेपाली राजदूतावासले सतर्कता अपनाउन भनेको हो।

राजदूवासले सूचना जारी गर्दै ‘कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आवश्यक सतर्कता अपनाउनका लागि हार्दिक अनुरोध गर्दछ’ भनिएको छ। कोरोनाबाट संक्रमित भएका ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने र संक्रमण बढ्दै जाँदा निमोनिया, श्वासप्रश्वासमा जटिलता, मिर्गौला फेल एवं मृत्युसम्म हुने सक्ने लक्षणबारे पनि राजदूतावासले जानकारी गराएको छ।

यस्तैगरी संक्रमणबाट बच्न अपनाउनुपर्ने उपायबारे समेत उसले सचेत गराएको छ। कुवेतमा करिब ७० हजार नेपाली कामदार रहेका छन्। समाचार संस्था रोयटर्सले जनाएअनुसार कुवेतलेमा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यहाँ स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमण पुष्टि भएका सबै इरान गएर आएका रहेको जनाइएको छ।

कोरोना भाइरसका कारण चीनपछि सबैभन्दा धेरै इरानमा २६ जनाको मृत्यु भइसकेको छ भने २४५ जनामा यसको संक्रमण देखिएको छ।

इरानबाट गएका २२ जना कुवेती यात्रुलाई अहिले पनि क्वारेन्टाइनमा राखिएको कुवेतकी स्वास्थ्यमन्त्री डा. बुथाइना अल मुद्धाफले आजै पत्रकार सम्मेलन गरी जानकारी दिएको कुवेत न्यूज एजेन्सीले जनाएको छ। उनका अनुसार कोरोनाको संक्रमणबाट बच्ने उपाय आंकलन गर्न विश्व स्वास्थ्य संगठनको एउटा टोली भोलिसम्म कुवेत पुग्नेछ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.