|
फाइल तस्बिर

दक्षिण कोरियामा ५७१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। संक्रमति व्यक्तिको संख्या २ हजार ३३७ पुगेको छ।

दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको समाचारमा जनाइएको छ। दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १० र अपराह्न ५ बजे दुईपटक यस रोगको संक्रमित र मृतकको संख्यालाई अपडेट गराउँदै आएको छ।

विश्वभरीमा कोरोनाबाट संक्रमित भएका व्यक्तिको संख्या करिब ८३ हजार पुगिसकेको छ र यसबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान शहरबाट यस भाइरसको संक्रमण सुरु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.