|

काठमाडौं : सुनसरीको इटहरीमा सैनिक अस्पताल सञ्चालनमा आएको छ। अस्पतालको  प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार उद्घाटन गरेका छन्।

नवनिर्मित अस्पताल ५० शैय्या क्षमता भएको सैनिक मुख्यालयले जनाएको छ।

नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र सैनिकहरुका आश्रित परिवारहरुलाई स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सैनिक कल्याणकारी कोषको लगानीमा उक्त अस्पताल निर्माण गरिएको बताइएको छ। यो अस्पतालको भवन २०७४ साल कात्तिकमा निर्माण थालेर २०७५ मंसिर १५ गते पूरा भएको थियो। 

 उक्त अस्पतालमा जनरल ओपिडी, मेडिकल ओपिडी, डेन्टल, प्याथोलोजी, इएनटी, गाइनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओटी लगायतका सेवाहरु संचालनमा ल्याइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.