|

डडेल्धुराः डडेल्धुरा सदरमुकाममा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव जारी छ। ‘सुखी नेपाली समृद्ध नेपाल, कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा शुक्रबार पनि विभिन्न कलाकारले प्रस्तुति दिएका छन्।

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले भ्रमण वर्षलाई सफल बनाउन र यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन गर्न महोत्सवको हो।

शुक्रबार नेपाल आइडल सिजन २ का विजेता तथा गायक रवि ओड, हाँस्य कलाकार जानुका पौड्याल ‘प्याकुली’, निरु खड्का ‘निर्मली’, डान्सर रोमा न्यौपानेलगायतले आफ्नो प्रस्तुति दिएका हुन्। ओडले डडेल्धुरेली दर्शकलाई नचाएका छन्।

महोत्सवमा विभिन्न गीत गाउँदै उनले सहभागी दर्शकलाई नचाएका हुन्। उनले आफूले गायकका गीतसँगै नेपाल आइडल सिजन–२ मा गाएका गीतमा दर्शकलाई नचाएका हुन्। उनले आधा दर्जनभन्दा बढी गीत गाएका थिए। उनले ‘फेवा तालमा साइली’ सँगै विभिन्न सुदूरपश्चिमेली देउडा गीतसमेत गाएका थिए। रविले गीत गाएर दर्शकलाई झुमाएका थिए।

दर्शक दीर्घाबाटै हात हल्लाउँदै उनका गीत सुन्नुका साथै छमछमी नचाएका थिए दर्शक। रवि दर्शक भएकै ठाउँमा गएर आफू पनि नाचेका थिए। महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर,अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि तथा बाल उद्यानसहितका स्टल रहेका संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए।

महोत्सवमा लोक दोहरी हाँस्यव्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। 

शनिबार पनि राष्ट्रिय कलाकारसँगै सुदूरपश्चिम प्रदेशका कलाकारको महोत्सवमा विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। शनिबार गायक टंक बुढाथोकी, बाल गायक अशोक दर्जी, लोक तथा देउडा गायिकका कल्पना विसीलगायतका कलाकारको प्रस्तुति रहनेछ।

अमरगढी नगरपालिका ४ टुँडिखेलमा संचालन भइरहेको महोत्सवमा सर्वसाधारणका लागि ६० विद्यार्थीका लागि ४० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। ‘क’ र ‘ख’ वर्गका अपांगता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

महोत्सवको टिकटबाट उठ्ने पैसाको १० प्रतिशत रकम डडेल्धुरा बहुमुखी क्याम्पसमा प्रविधिक शिक्षा संचालन गर्न र डडेल्धुरामा हावाई मैदान निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.