|

  • दिपक शर्मा

सल्यान : राप्ती राजमार्गको दाङ सल्यान सडकखण्ड अन्तर्गत कपुरकोट नजिकै बस दुर्घटना हुँदा ११ विद्यार्थी घाइते भएका छन्। लुम्बिनीबाट सल्यान आउँदै गरेको ना ४ ख ७६४६ नं. बस बिहान करिब ४ बजे धनवाङ-७ खुना भन्ने ठाँउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

निराजन माध्यमिक विद्यालय सिद्धेश्वरी ढोरचौरका विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लिएर गएको बस दुर्घटनामा परेको हो।

घाइते ११ जनालाई तुलसीपुर अञ्चल अस्पताल लगिएको छ । घाइते हुने विद्यार्थीहरुमा संगिता गिरी, पवन बस्नेत, साबित्रा भण्डारी, लिला बस्नेत, निशा कँवर, विनोद शर्मा, राजकुमार बुढाथोकी रहेका छन्।

यस्तै कमल बोहरा, चन्द्र बुढाथोकी, संगिता रेउले र संगिता भण्डारी रहेका छन्। टाइराइड भाँचिएका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.